समाचार हुलाकी राजमार्ग नेताको कमाइ खाने भाँडो : भट्टरार्इ
Ujyaalo

सर्लाही,मंसिर १६ - नयाँ शक्ती पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टरार्इले संविधान संशोधन बिना देशले निकास पाउन नसक्ने बताउनुभएकाे छ ।

सर्लाहीको बरहथवामा आयोजित चुनावी सभालार्इ संम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मधेशी जनताको अधिकारको लागि पनि संविधान संशोधन आवश्यक रहेको उहाँले बताउनुभयाे ।

अहिलेको संविधानले सवै नागरिकको भावनालार्इ समेटन नसकेकाले संविधान संसोधनका लागि पनि मधेशमा नयाँ शक्ती पार्टीको आवश्यक रहेको बताउनुभयो। पुराना पार्टीका नेताले नागरिकलाइ झुक्याउने खेलमा लागेकाले देश विकासका लागि युवा शक्तिको आवश्यक रहेको उहाकाे भनार्इ छ ।

आफ्नो पार्टी पूर्ण समानुपातिक निर्वाचन र प्रत्क्षय कार्यकारी राष्ट्रपति प्रणालीमा रहेको भट्टरार्इले बताउनुभयो। विकासको नाममा तरार्इको हुलाकी राजमार्ग अहिलेका नेताले कमाइ खाने भाँडो बनाएकाे उहाँले अराेप लगाउनुभयाे ।

Share It

Post Comments
थप समाचार