समाचार धनुषामा कसैमाथि लक्षित गरि बम बिष्फाेट भएको छैन : एसपी सिंह
Ujyaalo

धनुषा,मंसिर १७ – धनुषका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले धनुषामा कसै माथि लक्षित गरि बम बिष्फोटको घटना नभएको स्पष्ट पार्नुभएको छ । शनिवार साँझ धनुषाको फुलगामामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गरि बम प्रहार भएको समाचार विभिन्न सञ्चार माध्यमहरुमा सार्वजनिक भएपछि उपरीक्षक सिंहले आश्चर्य प्रकट गर्नुभएको छ ।

उपरीक्षक सिंहले नेता यादव जनकपुर फर्किसकेको अवस्थामा चुनाव विरोधी गतिविधि गर्ने अज्ञात व्यक्तिले जनतालाई तर्साउनको लागि दसैं तिहारमा पड्काउने सुतली बम फुलगामाको सडकमा पड्काएको प्रत्यक्षदर्शीले बताएको बताउनुभयो । तर कुनै नेता वा व्यक्तिलाई लक्षित गरेर भने बम नपड्काएको उहाँले प्रस्ष्ट पार्नुभयो ।

फोरमका नेता यादव धनुषा क्षेत्र नम्बर –३ को फुलगामामा राजपा फोरमका संयुक्त उम्मेदवार राजेन्द्र महतोको चुनावी भेलामा भाग लिएर जनकपुर फर्किनुभएको थियो ।

Share It

Post Comments
थप समाचार