समाचार गैसस कर्मचारी रहेका मतदान अधिकृतले दिए राजीनामा
Ujyaalo

विमल विष्टर/उज्यालो ।

डोटी, मंसिर १७– डोटीको भवानीस्थान मावि ‘क’ मतदात केन्द्रमा खटिएका मतदान अधिकृत चेतराज फुलाराले राजीनामा दिनुभएको छ ।

त्यस मतदान केन्द्रमा खटिएका फुलारा नेपाल परिवार नियोजन संघ डोटीको शाखा प्रबन्धक अर्थात गैरसरकारी संस्थाको कर्मचारी भएको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी हालेपछि फुलाराले राजीनामा दिनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले मतदान अधिकृत चेतराज फुलाराको विषयमा निर्वाचन आयोगमा उजुरी परेको भए पनि अहिलेसम्म कुनै परिपत्र नआएको र विभिन्न पत्रपत्रिका र एफएम रेडियोहरुमा समाचार आएपछि उहाँले आफूखुसी राजीनामा पेस गरेको बताउनुभयो ।

मतदान अधिकृत चेतराज फुलारा खटिएको भवानीस्थान मावि ‘क’ मतदान केन्द्रका निमित्त महिला विकास अधिकृत शविना श्रेष्ठलाई खटाईएको मुख्य निर्वाचन अधिकृत पनेरुले बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार