समाचार चिसो मौसममा जुम्लाको चुनावी माहोल तात्यो
Ujyaalo

नेत्र शाही/उज्यालो ।

जुम्ला, मंसिर ६ –हिमाली जिल्ला जुम्लाको तापक्रम शून्यबाट तल झरे पनि चुनावी माहोल भने तातेको छ । जुम्लामा पहिलो चरण अन्तर्गत मंसिर १० गते चुनाव हुँदैछ ।

उनीहरुले घरको आँगनमा साना आमसभादेखि घरदैलो अभियान थालेका हुन । प्रतिनिधिसभा एउटा र प्रदेशसभातर्फ दुइटा निर्वाचन क्षेत्र भएको जुम्लामा उम्मेदवारहरु चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

वाम गठबन्धनले सबै उम्मेदवारहरुको प्रचार तथा कार्यक्रम अभियान तीव्र बनाएको छ । जिल्लाको सबैजसो स्थानमा कार्यक्रम सम्पन्न गरी घरभेटघाट कार्यक्रमलाई चिसो मौसममा बाक्लो बनाएका छन । प्रतिनिधिसभा सांसदका उम्मेदवार गजेन्द्रबहादुर महतले चिसो बढ्दै गए पनि चुनाव नजिकिँदै गर्दा घरदैलो अभियान अझै बाक्लो बनाइएको बताउनुभयो । प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार नरेश भण्डारीले चुनाव नजिकिँदै गएकाले पनि मौसमको प्रतिकुलताका बाबजुद चुनावी वातावरण भने तातेको छ ।

वाम गठबन्धन क्षेत्र नम्बर २ का उम्मेदवार पदम रोकाया जिल्लाको सिंजा क्षेत्रको डाँडाकाँडामा हिमपात भए पनि प्रचारमा जुटिरहनु भएको छ । उहाँले पनि प्रचार अभियान बाक्लिदै गएको बताउनुभयो । वाम गठवन्धन प्रचार समिति संयोजक शान्तिलाल महतका अनुसार प्रदेशसभाको सवै ठाउँमा प्रचार–प्रसार सकिएको र प्रतिनिधिसभातर्फ सिंजा क्षेत्रको माथिल्लो क्षेत्रमा केही गाउँहरु वाँकी रहेको बताउनुभयो ।

नेपाली कांग्रेसले पनि घरदैलो अभियानलाई तीव्र बनाएको छ । प्रतिनिधिसभाका सदस्य देवेन्द्र शाही, प्रदेश ‘क’ का उम्मेदवार राजु कठायत र प्रदेशसभा ‘ख’ का उम्मेदवार भिमनिधि हमालको टोली पनि मौसम चिसो भए पनि प्रचार–प्रसारमा जुटेको छ ।

यता नेमकिपाका प्रतिनिधिसभाका उम्मेदवार डिल्लीप्रसाद काफ्ले, प्रदेश ‘क’ का उम्मेदवार शिवलाल डाँगी र ‘ख’ का गोर्खबहादुर बुढासहितको टिम पनि प्रचारमा लागेको छ ।

Share It

Post Comments
थप समाचार