समाचार महेश बस्नेतको घरमा बम
Ujyaalo

भक्तपुर, मंसिर १८ – भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको पूर्वमन्त्री एवं एमालेका युवा नेता महेश बस्नेतको गुण्डुमा रहेको घरको गेटमा बम भेटिएको छ ।

आइतबार बेलुका ८ बजे बस्नेतको घरको बाहिरको गेटमा नयाँ ठूलो झोलामा शंकास्पद बस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीय बासिन्दाले सुरक्षाकमीृलाई खबर गरेका थिए ।

खबर पाएपछि पुगेको नेपाली सेना र प्रहरीको टोलीले राति ९ बजे बमलाई डिस्पोज गरेको प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ ।

उम्मेदवारको परिवार र स्थानीय बासिन्दालाई आतंकित पार्न यस्तो प्रयास भएको हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन् ।

 

Share It

Post Comments
थप समाचार