समाचार बुटवलको आमसभामा प्रचण्ड नजाने
Ujyaalo

काठमाडौं, मंसिर ६ – चुनावका लागि गाउँ–गाउँ पुगेका उम्मेदवारले मतदाताको घर घरमा पुगेर भोट माग्न थालेका छन् ।

यसैबीच वाम गठबन्धनले बुधबार बुटवलमा आमसभा गर्दैछ । रुपन्देहीमा वाम गठबन्धनका उम्मेदवार चुनावी प्रचारका लागि घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका छन् । बुटवलमा हुने चुनावी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

मंगलबार चितवनको सभामा सहभागी भए पनि बुधबार भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी सभामा सरिक नहुने गठबन्धनले जनाएको छ । वाम गठबन्धनले बुधबार नै दाङको घोराही र तुलसीपुरमा पनि चुनावी सभा गर्दैछ ।

Share It

Post Comments
थप समाचार