समाचार सुकुम्बासी बस्तीका नागरिकलाई मतदाता शिक्षा
Ujyaalo

काठमाडौँ, मंसिर १८ – निर्वाचन आयोगले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीका नागरिकका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ ।

निर्वाचन आयोगले सामुदायिक सारथी संस्थामार्फत काठमाडौं उपत्यकाका थापाथली, शंखमुल, कीर्तिपुर, पुरानो बानेश्वर लगायतका ठाउँमा सुकुम्बासी बस्तीका नागरिकलाई मतदान गर्ने तरिका सिकाउन थालेको हो ।

सामुदायिक सारथी संस्थाले शनिबार थापाथली र शंखमुलका सुकुम्बासी बस्तीका नागरिकलाई मतदान शिक्षा दिएको छ भने आइतबार किर्तिपुर र हरिसिद्धीमा पनि कार्यक्रम गरेको छ ।

संस्थाले सोमबार काठमाडौं उपत्यकाका अन्य सुकुम्बासी बस्तीमा पनि मतदाता शिक्षा दिने संस्थाकी कार्यक्रम संयोजक सिर्जना भण्डारीले जानकारी दिनुभयो ।

उहाँले बिहानै मजदुरीका लागि निस्किएर बेलुका मात्रै टहरामा फर्किने उनीहरुलाई भेटेर मतदाता शिक्षाा दिन गाह्रो भएको बताउनुभयो । टहरामै भेटेका सुकुम्बासीलाई सजिलो पर्ने ठाउँमा बोलाएर मतदान शिक्षा दिइएको भण्डारीले बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार