समाचार कांग्रेसको प्रचार प्रसारमा प्रयोग गरिएको कारमा आगजनी
Ujyaalo

नवलपरासी, मंसिर १८ – नवलपरासीको देवचुलीमा कांगे्रसका उम्मेदवारको प्रचार प्रसारमा प्रयोग गरिएको कारमा आइतबार राति आगजनी भएको छ ।

नवलपुर प्रतिनिधिसभा–१ मा कांग्रेसको प्रचार प्रसारमा प्रयोग गरिएको लालकुमार श्रेष्ठको कारमा राति घरमा पार्किङ गरी राखिएको अवस्थामा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताउनुभयो ।

आगजनीबाट कारको ढोका, सिट लगायतको भागमा क्षति भएको छ । कारमा आगो लगाएको आशंकामा एकजनालाई पक्राउ गरिएको उपरीक्षक जिसीले बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार