समाचार सर्लाहीमा प्रेसर कुकर बम विस्फोट
Ujyaalo

सर्लाही, मंसिर १८ - सर्लाहीको कर्मैयामा आइतबार बिहान प्रेसर कुकर बम विस्फोट भएको छ । पूर्व पश्चिम राजमार्गको गोडारी खोला नजिक बम विस्फोट भएको हो ।

ठूलो आवाजमा बम विस्फोट भएको सुनेपछि प्रहरी घटना स्थलमा पुगेको थियो । विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

बम राख्ने व्यक्तिको खोजी भैरहेको सर्लाहीका प्रहरी नायव उपरीक्षक राजेशबाबु थापाले जानकारी दिनुभयो । त्यस्तै सर्लाही सदरमुकाम मलंगवामा स्वतन्त्र उम्मेदवारको घरमा बम विस्फोट भएको छ ।

क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार उर्फराधा मौसीको घरमा पार्किङ गरेर राखिएको एच पी १९ सी ९९७३ नम्बरको गाडी भित्र बम विस्फोट भएको प्रहरीले जानएको छ ।

 

Share It

Post Comments
थप समाचार