समाचार डोटीमा अपांगमैत्री मतदान केन्द्र नहुँदा समस्या
Ujyaalo

विमल विष्ट/उज्यालो ।

डोटी, मंसिर १८– डोटीमा अपांगमैत्री मतदान केन्द्र नहुँदा अपांगता भएका व्यक्तिलाई मतदानमा समस्या हुने भएको छ । जिल्लामा रहेका १ सय ५७ ओटा मतदान केन्द्रमध्ये एउटा पनि अपांगमैत्री छैन ।

मतदान गर्दा महिला तथा अपांगमैत्री मतदान केन्द्र नहुँदा समस्या हुने जोरायल गाउँपालिका ५ की स्थानीय तुलसी शाहीले बताउनुभयो । सडकभन्दा टाढा रहेकाले ह्वीलचेयर मार्फत जान नसकिने भएकाले अपांगमैत्री मतदान केन्द्रमा अपांगता भएका व्यक्ति पुग्न नसक्ने जिल्ला निर्वाचन अधिकारी नन्दीप्रसाद ओझाले जानकारी दिनुभयो ।

मतदान केन्द्रहरु महिला तथा अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्तिहरु मताधिकारबाट बञ्चित हुने शिखर नगरपालिका १ का नेत्रबहादुर शाहीले बताउनुभयो । अपांगता भएका व्यक्तिहरु सहजै पुग्न सक्ने ठाउँमा मतदान केन्द्र नहुँदा अपांगता भएका व्यक्तिले मतदान गर्न नपाउने भएका हुन् । यस्तो समस्या डोटीमा मात्रै नभई अरु जिल्लामा पनि रहेको छ ।

Share It

Post Comments
थप समाचार