समाचार कपिलवस्तुका कांग्रेस उम्मेदवार भन्छन् : हामी भाग्यले बाच्यौँ
Ujyaalo

कपिलवस्तु, मंसिर १८ –नेपाली कागे्रंसका पार्टी सभापति एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्रराज आर्चायलाई लक्षित गरी आइतबार राति २ स्थानमा बम प्रहार गरिएको छ ।

बुद्धभूमी नगरपालिकाको वडा नं ९ बरकलपुर गाउं नजिक पेट्रोल वम प्रहार गरिएको हो । यसै गरी बुद्धभूमी –३, रनगाई स्थित पुल जजिकैबाट गाडी जाँदै गर्दा बम प्रहार गरिएको छ । चम्पापुर नजिकै राति १० बजे आचार्य चढेको गाडी भनेर बम हाने पनि कागे्रंस नेता चन्द्रमान चढेको बोलेरो जिप लु १ च ७१७५ मा परेपछि गाडीको सिसामा लागेपछि सामान्य क्षति भएको चन्द्रमान थारुले बताउनुभयो ।

‘एक्कासी पेट्रोल बमले हानियो तर संयोग बसमा सिसामा लाग्यो । अगाडि परेको भए सबै जल्ने र हामी मर्ने थियौ’, थारुले भन्नुभयो । उता उम्मेदवार आर्चायको गृह गाउँ बुद्धभूमी ३ रनगाई घर जाने रनगाई पुुलमा ११ बजे बम विष्फोट गराइएको छ । नेता आचार्य प्रचारप्रसार अभियानवाट घर जाने समय पारी पुलमा बम विष्फोट गराइएको थियो । तर उम्मेदवार आचार्य बम विष्फोट हुनुभन्दा भन्दा १५ मिनट अगाडि नै घर पुगिसक्नु भएको थियो ।

चुनाव आउन २ दिन मात्र बाँकी रहँदां ठाउँठाउँमा आफूलाई लक्षित गरी बम विफोष्ट गराउन थालिएको प्रति आचार्यले घटनाको निन्दा गर्नुभएको छ । बाटोमा हिँड्न तथा प्रचार गर्न समेत असहज स्थिती सिर्जना गरेको उहाँको भनाई छ ।

उता नेपाली कागे्रंसका कार्यबाहक सभापति अब्दुल कलाम खांले पार्टी सभापति तथा उम्मेदवारमाथि लक्षित गरी बम विष्फोट गराउनु दुःखद भएको हुँदा स्थानीय प्रशासनसँग भय रहित बतावरणमा चुनाव गराउन स्थानीय प्रशासनसँग आग्रह गर्नुभएको छ ।

कपिलवस्तुमा यसअघि पकडी, जगदिशपुर, चन्द्रौटा गरी विभिन्न स्थानमा बम विष्फोट भइसकेको छ ।

 

Share It

Post Comments
थप समाचार