समाचार स्थिर र स्वाधीन सरकार निर्माणका लागि वाम गठबन्धन : ओली
Ujyaalo

नवलपरासी, मंसिर ६ – स्थिर र स्वाधीन सरकार निर्माणको लागि वाम गठबन्धन निर्माण भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।


‘देशलाई स्थिर र स्वाधिन सरकार आवश्यक छ, यहि आवश्यकता पूरा गर्न वाम गठबन्धन निर्माण भएको हो’ अध्यक्ष ओलीले भन्नुभयो । बुटवल जाने क्रममा बुधबार नवलपरासी नवलपुरको चोरमारामा भएको सभामा संक्षिप्त सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

देशलाई स्थिरता र लोकतन्त्रको ब्यवहारिक पाटोमा लानको लागि, विकासको पाटोमा लानका लागि वाम गठबन्धनको निर्माण भएको हो साथै प्राविधिक कारणले चुनावी तालमेलका साथ अगाडि बढेको र चुनाावलगत्तै पार्टी एकता हुने समेत उहाँले बताउनु भयो ।


सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कतिपय पार्टीले कम्युनिष्टले जिते भने अधिनायकवाद आउँछ भन्दै हल्ला फिजाउँदै हिँडेको आरोप लगाउनु भयो । ‘हिजो कम्युनिष्टले जिते भने साठी वर्ष भन्दा माथिकालाई गोली ठोकेर मार्छ भन्नेको भाका फेरीएको छ, अहिले अधिनायकवाद ल्याउँछ भन्दै हल्ला फिजाउँदै छन्’ उहाँले भन्नुभयो ‘भ्रममा नपर्नुहोस, एमालले लोकतन्त्रको रक्षा गर्छ, राष्ट्रियताको रक्षा गर्छ ।’


संघर्षका बीच संविधान निर्माण गरीएको र प्राप्त उपलब्धिहरुको रक्षा गर्दै देशलाई एकताको दिशामा , स्थिरता र विकासको दिशामा लानेकी नलाने भन्ने फैसला गर्नका लागि अबको चुनाव भएको उहाँले बताउनु भयो ।


सभामा माओवादी केन्द्रका महासचिव राम बहादुर थापा बादल पनि सहभागी हुनुभएको थियो । तर उहाँले सभालाई सम्बोधन भने गर्नुभएन ।

 

Share It

Post Comments
थप समाचार