समाचार प्रदेश नम्बर ७ का कर्मचारी चुनावी सामाग्रीसहित मतदानस्थल हिडे
Ujyaalo

नवराज पनेरु/उज्यालो ।

कैलाली, मंसिर १८ –७ नम्बर प्रदेशका ५ जिल्लामा मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि ६७ किसिमका निर्वाचन सामाग्री सहित कर्मचारी खटिन थालेका छन् । सबै जिल्लामा चुनावका लागि कर्मचारी र सामाग्री पठाउने क्रम सुरु भईसकेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

आवश्यक सामाग्री प्रहरीको सुरक्षा घेरामा सम्बन्धित क्षेत्रमा ढुवानी गर्न सुरु भईसकेको छ । आफूले पाएका सामाग्रीलाई संकलन गरी जिल्ला प्रहरी कार्यालयमा राखेर कडा सुरक्षाका बिचमा सम्बन्धित क्षेत्रमा पठाउन सुरु भएको छ ।

स्थानीय तहको चुनावमा कैलालीमा ४ सय ९० वटा मतदान केन्द्र रहेकोमा अहिले ५ सय ३८ पुर्याईएको छ । ५ सय ३८ मतदान अधिकृत, त्यतिकै सङख्यामा सहायक मतदान अधिकृत र चार/पाँच जना सहायक कर्मचारी गरी झण्डै ४ हजार ५ सय कर्मचारी चुनावमा खटिंदैछन । उनीहरुले मतपेटीका, मतपत्र र अन्य बस्दोबस्तीको झण्डै ६७ किसिमका निर्वाचन सामाग्री बुझेर सम्बन्धित क्षेत्रमा लागेका छन् ।

निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालबाट मतपत्र, मतपेटीका, स्वस्तिक छाप जस्ता सामाग्री बुझ्दै उनीहरुले प्रहरी कार्यालयमा राखेका छन । १९ र २० गते मतदाता परिचय पत्र वितरण गरिने क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका सुचना अधिकारी रुपसिंह कार्कीले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप समाचार