समाचार प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख बढी मतदाताले मतदान गर्ने
Ujyaalo

विमल विष्ट/उज्यालो ।

डोटी, मंसिर १८ – दोश्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७ सय ३३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५ सय ८० जना मतदाता रहेका छन् ।

कैलालीमा दुई लाख २३ हजार ५ सय ९ पुरुष, दुई लाख ३७ हजार ६३ महिला र आठ जना तेस्रोलिंगी रहेका छन् । प्रदेश नम्बर ७ मा सबैभन्दा कम मतदाता डडेल्धुरामा रहेका छन् । डडेल्धुरामा ४० हजार १ सय ५६ पुरुष र ४१ हजार ५ सय ७६ महिला गरी कुल ८१ हजार ७ सय ३२ मतदाता रहेका छन् ।

कञ्चनपुरमा एक लाख २८ हजार ५ सय २३ पुरुष, एक लाख ३६ हजार ४ सय ५१ महिला र एक तेस्रोलिंगी गरी दुई लाख ६४ हजार ९ सय ७५, अछाममा ६४ हजार ७ सय ७६ पुरुष, ७२ हजार १ सय २५ महिला र दुई तेस्रोलिंगी गरी एक लाख ३६ हजार ९ सय ३ डोटीमा भने ४९ हजार १ सय ४३ पुरुष र ५७ हजार ४ सय महिला गरी कुल १ लाख ६ हजार ५ सय ४३ मतदाता रहेका छन् ।

Share It

Post Comments
थप समाचार