समाचार गगन भेट्न अस्पताल गएका राजनलाई गेटबाटै फर्काइयो
Ujyaalo

काठमाडौं, मंसिर १८ – बम विष्फोटमा परि घाइते हुनुभएका नेपाली कांग्रेसका नेता गगन थापालाई भेटन जानुभएका एमाले नेता राजन भट्टराइमाथि दुव्र्यवहार भएको छ ।

चुनावी प्रचारका क्रममा घाइते हुनुभएका थापालाई भेटन भट्टराई सहयोगीका साथ शिक्षण अस्पताल पुग्नुभएको थियो । काठमाडौं क्षेत्र नम्बर ४ बाट थापाकै प्रतिस्पर्धी बनेका भट्टराईलाई कांग्रेसका कार्यक्रताले दुव्र्यवहार गरेको वाम गठबन्धनले जनाएको छ ।

चुनावी प्रचारको क्रममा सोमबार चपलीहाइटमा थापा माथि बम आक्रमण भएको थियो । आक्रमणबाट थापासहित ११ जना कांग्रेसका कार्यक्रता घाइते भएका छन् । घाइते हुनुभएका थापालाई भेटन भट्टराई शिक्षण अस्पताल महाराजगंज पुग्दा कांग्रेस कार्यक्रताले भट्टराइलाई धकलेको र नाराबाजी गर्दै भेटन नदिएको भट्टराईका सहयोगी पुष्प भट्टराईले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार