समाचार भारत र चीनको सहयोगबाट विकास गर्छु : पूर्व राजदूत उपाध्याय
Ujyaalo

गोपाल भण्डारी/उज्यालो ।

कपिलवस्तु, मंसिर १८ –नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले कपिलवस्तुको पर्यटकीय तथा पुरातात्विक विकासका लागि भारत र चीनको सहयोग भित्र्याउने बताउनुभएको छ ।

भारतका लागि पूर्व राजदूतसमेत रहेका उम्मेदवार उपाध्यायले भारत र चीनले गरेको आर्थिक समृद्धिलाई नेपालले कुटनीतिक सम्वन्ध विस्तार गरी फाइदा लिन सक्नुपर्ने बताउनुभयो ।

निर्वाचन क्षेत्र नं. १ मा रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता उपाध्यायले ४ बुद्धमध्ये नेपालमा ३ बुद्धको जन्म भएको बताउनुभयो । त्यसमध्ये कनकमुनी बुद्ध र क्रकछन्द बुद्धको जन्म स्थल कपिलवस्तु नै रहेका कारण यस क्षेत्रको पुरातात्विक महत्व रहेको उहाँको भनाई छ । गौतम बुद्धले २९ वर्ष विताएको तिलौराकोट क्षेत्रको समग्र विकास गरी संसारभरका बौद्धमार्गीहरुका लागि पवित्र तिर्थस्थल बनाउन योजनावद्ध ढंगबाट अघि बढ्नु पर्नेमा नेता उपाध्यायले जोड दिनुभयो ।

‘टुक्रे विकासका कुरा गर्नु भन्दा योजनावद्ध ढंगबाट दिर्घकालीन विकासलाई जोड दिनु पर्छ’ नेता उपाध्यायले राप्ती नदीको पानीलाई भालुबाङमा टनेल बनाएर कपिलवस्तुका दक्षिणी क्षेत्रमा सिचाई व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।

नेता उपाध्यायसँग यस क्षेत्रमा वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका नेता माओवादी लडाकुका पूर्व डेपुटी कमाण्डर चक्रपाणी खनाल प्रतिस्पर्धामा रहनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार