समाचार नवलपुरका सबै मतदान स्थलमा निर्वाचन सामाग्री पठाईयो
Ujyaalo


दयाराम आचार्य/उज्यालो ।

नवलपरासी, मंसिर १८ –जिल्ला निर्वाचन कार्यालय नवलपुरले चुनावका लागि आवश्यक पर्ने सबै सामग्री सम्बन्धित मदतानस्थलमा पठाएको छ ।

नवलपरासीको नवलपुरमा प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभा तर्फ ४ वटा क्षेत्र रहेका छन । जसमा १ सय १२ वटा मतदान स्थल र २ सय ५८ वटा मतदान केन्द्र रहेका छन् । जिल्लामा रहेका सबै मतदानस्थलमा मंगलबार सा“झसम्ममा निर्वाचन सामग्री पुग्ने जिल्ला निर्वाचन कार्यालय बर्दघाट सुस्ता पूर्वका जिल्ला निर्वाचन अधिकारी भेषराज घिमिरेले बताउनु भयो ।

यस्तै चुनावमा खटिने कर्मचारीहरु पनि मंगलबारसम्ममा आफ्नो सम्बन्धित मतदान स्थल सम्म पुग्ने उहा“ले बताउनु भएको छ । नवलपुर क्षेत्रमा २ हजार ६० कर्मचारी परिचालन गरिएको छ ।
नवलपुरमा २ लाख २१ हजार ७ सय १४ मतदाता रहेका छन् ।

 

Share It

Post Comments
थप समाचार