समाचार उदयपुरका सबै मतदान स्थलमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत
Ujyaalo

उदयपुर मंसिर १८ – आउँदो बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उदयपुरका मतदान स्थलहरुमा निर्वाचन सामग्रीसहित कर्मचारी परिचालन गरिएको छ । 

चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप, स्टाम्प प्याड, सियो धागो लगायतका सामग्री लिएर कर्मचारीहरु मतदात स्थलतिर गइसकेका उदयपुर जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अर्जुन खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लामा रहेका ९८ मतदान स्थलका २ सय ३३ मतदान केन्द्रमा १ हजार ८ सय ६२ कर्मचारी परिचालन गरिएको छ । प्रत्येक मतदान केन्द्रमा २ जना स्वयंसेवक पनि रहेका छन् । खड्काका अनुसार प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी, दुई जना सहयोगी र दुई जना स्वयंसेवक रहेका छन् ।

चार गाउँपालिका र चार नगरपालिकामा गरी ८ स्थानीय तह रहेको उदयपुरमा मतदाता संख्या १ लाख ९३ हजार ९ सय १८ रहेका छन् ।

 

 

 

Share It

Post Comments
थप समाचार