समाचार रुपन्देहीमा झण्डै पाँच हजार कर्मचारी मतदान केन्द्रमा पुगे
Ujyaalo

रुपन्देही, मंसिर १९ – रुपन्देहीमा चुनावमा खटिने झण्डै पाँच हजार कर्मचारी मतदान केन्द्रहरुमा पुगि सकेका छन् । मंसिर २१ गते हुने चुनावका लागि ४ हजार ७८४ कर्मचारी परिचालन गरिएको र ती कर्मचारीहरु खटिएको केन्द्रमा पुगिसकेको जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले जानकारी दिनुभयो ।

त्यसमा मतदान अधिकृतले स्वयम सेवकको रुपमा चारजनालाई खटाउन सक्ने व्यस्था रहेकाले झण्डै ५ हजार कर्मचारी परिचालन हुने भएका हुन् । मतदान केन्द्रमा पुगेका कर्मचारीहरुले मंगलबार मतदान केन्द्र वरिपरिको ३०० मिटर क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रचार सामग्री हटाउने, दलहरु सँग सर्वदलीय बैठक गर्ने र मतदाता परिचयन पत्र वितरण गर्ने छन् ।

मतदाता परिचयपत्र मंगलबार र बुधबार वितरण गरिने छ । हरेक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ८ जना कर्मचारी खटिने छन् । रुपन्देहीमा २०८ मतदान स्थलमा ५९८ मतदान केन्द्र कायम गरिएको छ । पाँच प्रतिनिधिसभा र १० प्रदेशसभाको चुनाव क्षेत्र रहेको रुपन्देहीमा ५ लाख २२ हजार ५०२ मतदाता रहेका छन् । स्थानीय तहको चुनाव भन्दा रुपन्देहीमा ६१ हजार बढी मतदाता थपिएका छन् ।

Share It

Post Comments
थप समाचार