समाचार वाम गठबन्धनविरुद्ध अर्कोले धेरै भोट ल्याए राम्रो हुँदैन : ओली
Ujyaalo

रुपन्देही, मंसिर ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनका उम्मेदवारविरुद्ध अरु उम्मेदवारले धेरै भोट ल्याउनु राम्रो नहुने बताउनु भएको छ ।


वाम गठबन्धनले मंगलबार बुटवलमा आयोजना गरेको चुनावी सभामा पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका ओलीले लोकतन्त्रमा उम्मेदवार बन्ने अधिकार सबैलाई भए पनि बिपक्षीहरुले धेरै भोट ल्याउनु मनासिब नहुने बताउनु भएको हो । उहाँले वाम गठबन्धका उम्मेदवारहरु ठूलो अन्तरले विजयी हुने दाबीसमेत गर्नुभएको छ ।


चुनावपछि वाम गठबन्धनको सरकार बन्ने र त्यो सरकारले विकास र सम्बृद्धितर्फ मुलुकलाई डोर्याउने बताउनु भयो । लोकतन्त्रको बिषयमा कांग्रेसको चिन्ता नाजायज भएको बताउँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई वाम गठबन्धनले ग्यारेण्टी गर्ने बताउनु भयो । उहाँले कांग्रेसका कारण भारतसँगको सम्बन्ध बिग्रिएको बताउँदै आफू सरकारमा आएपछि सम्बन्ध सुधार गरेर नाकाबन्दी खुलाएको दाबी गर्नुभयो ।

Share It

Post Comments
थप समाचार