समाचार चुनाव विरोधी गतिविधि गर्ने ५५० जनाभन्दा बढी काठमाडौंबाट पक्राउ
Ujyaalo

काठमाडौं, मंसिर १९ – चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंबाट ५ सय ५० जनाभन्दा बढीलाई पक्राउ गरी मुद्दा चलाएको छ ।

उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये ५ सय ५० जनालाई मुद्दा चलाइएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मंसिरमा मात्रै शंकास्पद गतिविधि गर्ने १७ सय ५४ जना पक्राउ परेका थिए । पक्राउ परेका मध्ये ५ सय ५० जना बाहेक अन्यलाई सोधपुछ र अनुसन्धान पछि छोडिएको प्रवक्ता जोशीले बताउनुभयो ।

चुनावी गतिविधि सुरु भएसँगै ठाउँ ठाउँमा बम विस्फोट हुन थालेपछि प्रहरीले विभिन्न शंकास्पद गतिविधि गर्नेलाई निगरानी गरिरहेको छ ।

Share It

Post Comments
थप समाचार