समाचार प्रदेशसभा उम्मेदवार गुरुङ आफ्नै भोटबाट वञ्चित
Ujyaalo

सन्तोष थापा/उज्यालो ।

पर्वत, मंसिर १९ – दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा कांग्रेसबाट पर्वतको प्रदेशसभा क्षेत्र नं. १ मा उम्मेदवार बन्नुभएका कांग्रेस नेता नवराज गुरुङ आफ्नै मतबाट वञ्चित हुनुभएको छ । गुरुङले आफ्नो चुनाव चिन्हमा आफै मतदान गर्न नपाउने हुनुभएको हो ।

कुश्मा नगरपालिका–३ दुर्लुङ स्थायी घर भएका गुरुङ २०७० सालको संविधानसभाको चुनावमा क्षेत्र नं. २, पर्वतबाट उम्मेदवार बन्नुभएको थियो । क्षेत्र नं. २ मा उम्मेदवार बन्नुभएका गुरुङलाई यस क्षेत्रमा टुरिष्ट उम्मेदवारको नारा लगाएपछि उहाँले आफ्नो मतदाता नामावली जिल्लाको पैयू गाउँपालिका वडा नं. ७ भोर्लेमा सार्नुभएको छ ।

गुरुङ अहिले क्षेत्र नं. १ बाट उम्मेदवार बन्नुभएको छ । अब गुरुङले भोर्लेको जनता माविबाट मतदान गर्नुपर्नेछ । क्षेत्र नं. २ मा उहाँले मतदान गर्दा आफ्नै लागि मतदान गर्नबाट वञ्चित हुनुभएको हो । कुश्माको दुर्लुङबाट मतदाता नामावली भोर्लेमा सारेसँगै गुरुङले आफैलाई मतदान गर्ने अवसर गुमाउनु भएको हो ।

 

Share It

Post Comments
थप समाचार