समाचार धनुषाको महेन्द्रनगरमा बम विस्फाेट
Ujyaalo

धनुषा , मंसिर १९ – धनुषाको महेन्द्रनगरमा बम विस्फाेट भएको छ । क्षरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगर स्थित क्षिरेश्वर जनता उच्च माविको कम्पाउण्डमा दिउँसो ४ बजे बम विस्फाेट भएको हो ।

बम विस्फोटबाट विद्यालयको पर्खालमा केही क्षति पुगेको छ । बम चुनाव विरोधी गतिविधि गर्नेले विस्फाेट गराएको हुनसक्ने प्रहरीको आशंका गरेको छ । चुनावका लागि त्यस विद्यालयमा २ वटा मतदान केन्द्र रहेका छन् ।

Share It

Post Comments
थप समाचार