समाचार बारामा चुनावको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह
Ujyaalo

बारा, मंसिर १९ – ढुक्क भएर मतदान गर्न बाराका मतदातालाई प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले आग्रह गर्नुभएको छ ।

चारवटा निर्वाचन क्षेत्र रहेको बारामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरि शान्ति सुरक्षाको व्यवस्था मिलाइएको बताउँदै उहाँले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी बारामा करिब साढे छ हजार सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

बारामा म्यादी र नेपाल प्रहरी गरी ४ हजार १ सय २२ , १ हजार १ सय ५० सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । हरेक निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताउनुभयो ।

३ सय ३ वटा मतदान स्थल रहेको बारामा सुरक्षा निकायले ६६ वटालाई अति संवेदनशिल, १ सय २८ वटालाई संवेदनशील र १ सय ९ वटालाई समान्य गरी तीन तहमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी मानन्धरले बताउनुभयो ।

Share It

Post Comments
थप समाचार