समाचार भोजपुरमा मतगणना व्यवस्थित गर्नको लागि तारको जाली
Ujyaalo

भोजपुर, मंसिर २० –भोजपुरमा मतगणना क्षेत्र वरपर तारको बार लगाईएको छ । भोली ४५ जिल्लाको मतदान सकिएलगत्तै मतगणना सुरु हुने भएपछि सुरक्षाका लागि तारबार गरिएको भोजपुरका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङ्गनामले जानकारी दिनुभयो ।

बिहीबार हुने मतगणनाको लागि बुधबार उम्मेदवार सहित बसेको सर्वदलीय बैठकले मतगणना प्रक्रियाका बिषयमा छलफल गरेको थियो । मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा हुने भएको छ । जिल्लाको सम्पूर्ण मतपेटिका सुरक्षित भण्डारण गरेर राखिएको र मतगणनाका लागि सम्पूर्ण तयारी पूरा भएको अधिकृत इङ्गनामले जानकारी दिनुभयो ।

सुरक्षित मतगणनाको लागि कार्यालयभित्र सिसी क्यामेरा समेत जडान गरिएको छ । मतगणनास्थलमा रहने दलका प्रतिनिधिका लागि तारको बार लगाइएको छ । मतगणनाको अन्तिम नतिजा आउन एक हप्तासम्म लाग्न सक्ने अधिकृत इङ्गनामले जानकारी दिनुभयो ।

प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिक तर्फको गणना हुनेछ । मंसिर १० गते भएको चुनावमा भोजपुरबाट ५८.०८ प्रतिशत मत खसेको थियो । भोजपुरमा कूल मतदाता संख्या १ लाख १३ हजार आठ सय ४५ जना थिए ।

Share It

Post Comments
थप समाचार