समाचार सोलुखुम्बुमा लेक लागेर भरियाको मृत्यु सोलुखुम्बुमा लेक लागेर भरियाको मृत्यु 
Ujyaalo

सुबास दर्नाल/उज्यालो ।

सोलुखुम्बु, मंसिर २० –सोलुखुम्बुको नाम्चेमा लेक लागेर एक भरियाको मृत्यु भएको छ । जिल्लाको दुकौशिका गाउँपालिका ७ देउसाका २० वर्षीय  पूर्णबहादुर राईको ट्रेकिङ जाने क्रममा लेक लागेर ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका अनुसार खुम्बु पासङल्हामु गाउँपालिका ४ मा मगंलबार साँझ बिरामी परेका राईको बुधबार इलाका स्वास्थ्य चौकी नाम्चेमा उपचारको क्रममा बिहान मृत्यु भएको हो । 

ईन्टेक कम्पनी काठमाण्डौं बाट सगरमाथा बेस क्याम्पको लागि ट्रेकिङ भरियाको रुपमा आएका राइको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुधबार नै परिवारलाई जिम्मा लगाइएको  जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिनुभयो । 

Share It

Post Comments
थप समाचार