समाचार बझाङमा मतगणनाको तयारी पूरा
Ujyaalo

बझाङ, मंसिर २० – बझाङ जिल्लामा मतगणनाका लागि सबै तयारी पूरा भएको छ । मतगणना स्थल रहेको जिल्ला पशुसेवा कार्यालयको भवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
‘मतगणना स्थलमा खटिने कर्मचारीको छनौट गरेर अनुमती पत्रको व्यवस्था गरिसकेका छौ’ मुख्य निर्वाचन अधिकृत पूर्णप्रसाद वास्तोलाले भन्नुभयो । प्रतिनिधिसभाको मतगणनाको लागि दुई टोली र प्रदेशसभाको लागि एक–एक टोली मतगणनामा बस्ने भएका छन् ।
प्रदेशसभाको लागि एउटा गाँउपालिकामा एक केन्द्र हुँदै मतगणना गरिने व्यवस्था गरिएको छ भने प्रतिनिधिसभाका लागि प्रदेश ‘क’ र ‘ख’ बाट मतदान केन्द्रका मतपेटिका एकै ठाँउमा मिसाएर मतगणना गरिने भएको छ । रातदिन लगातार मतगणना गरिने हँुदा २३ गतेभित्र नै मतपरिणाम आईसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १ लाख ४ हजार २ सय ७५ मतदाता रहेको बझाङ जिल्लामा ६६ हजार ७ सय ३६ मत खसेको थियो ।

 

 

 

Share It

Post Comments
थप समाचार