समाचार सीमा सिल गरिए पनि भिड उस्तै
Ujyaalo

सुमन तिमल्सिना/उज्यालो

मोरङ, मंसिर २० – नेपाल–भारत सीमाक्षेत्रमा आवतजावत बन्द गरिएको भए पनि मुख्य नाका बाहेकका स्थानबाट सर्वसाधारणको आवतजावत भैरहेको छ । नेपाल–भारत सीमा क्षेत्र रानी–जोगवनी नाका पूर्ण सिल गरिएको भए पनि खुला सीमा भएको कारण सहजरुपमा सर्बसाधारणको आवतजावत भएको देखिन्छ ।

नेपालमा बिहीवार हुने चुनावलाई लक्षित गर्दै सुरक्षा संवेदनशीलताको आधारमा सीमा सिल गरिएको भए पनि नुन तेल, चिनी लिन जानेहरुको भिड देखिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले परिचय पत्र देखाई नाम लेखाएर मात्र आउजाउ गर्न पाउने बताउनुभयो । सीमाक्षेत्रमा कडाइ नगर्दा बिहीबार हुने चुनावमा सुरक्षा चुनौती बढाउने कतिपय मतदाताको बुझाई छ ।

Share It

Post Comments
थप समाचार