समाचार खोटाङमा बिहीबार बेलुका ७ बजेबाट मतगणना गरिने
Ujyaalo

खोटाङ, मंसिर २०– खोटाङमा बिहीबार बेलुका ७ बजेबाट मत गणना सुरु गरिने भएको छ । बुधबार मुख्य निर्वाचनको अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले बेलुकाको खाना खाएपछि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताउनुभयो ।

साँझ पाँच बजेभित्र उम्मेद्वारको मतगणना प्रतिनिधि नियुक्त गरिसक्ने र बेलुकाको खाना खाएपछि मतगणना थाल्ने निर्णय गरिएको हो । मतगणनाका लागि तार जालीले बारेर चार वटा कोठा तयार पारिएको छ । हरेक दुई घण्टामा मतगणनाको पछिल्लो परिणाम सार्वजनिक गर्ने गरी गणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनास्थलमा प्रवेश पाएका उम्मेदवार वा प्रतिनिधि, गणनामा खटिएका कर्मचारी, अनुगमनकर्ता, पत्रकार लगायतलाई सुरक्षाकर्मीले अदालतको गेट, भवनको मुल ढोका र मत गणनास्थानमा उक्लने सिँढिमा चेक गर्ने व्यवस्था मिलाइएको छ ।

मतगणनास्थलमा रहेका जुनसुकै व्यक्तिलाई सुरक्षाकर्मीले खानतलासी गर्नसक्ने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।

Share It

Post Comments
थप समाचार