समाचार मौन अवधिमा चुनाव प्रचार 
Ujyaalo

विराटनगर, मंसिर २० – मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शेखर कोईराला तथा प्रदेशसभा ‘ख’ का उम्मेदवार केदार कार्कीले मौन अबधीको उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

मौन अबधिको समयमा अचारसंहिता विपरित चुनावीसभा गरेको उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिका –१२, मोरङ सुनसरी सिचाई आयोजना नजिकै मौन अवधिको उल्लंघन गरी ११ बजे तिर राजनैतिक सभा गरेको, फिल्डमा खटेर भोट मागेको भन्ने उजुरी आएकोले कारवाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई लेखी पठाएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै डा. शेखर कोइरालाले विराटनगर ५ त्रिमुर्ती चोकमा फिल्डमा खटेर भोट मागेर भोट मागिरहेको भन्ने उजुरी आएको उहाँको भनाई छ ।

यस्तै क्षेत्र नम्बर ६ को बुढीगंगा गाउँपालिका २ सख्माटोलमा मौन अबधिको समयमा आचारसंहिता विपरित फिल्डमा खटिएर भोट मागेको तथा केही सामाग्री समेत बाँडिएको भने उजुरी आएको कार्यालयले जनाएको छ ।

मोरङका मुख्य निर्वाचन राजुकुमार खतिवडाले विभिन्न क्षेत्रबाट आचारसंहिता उल्लंघन भएको भनि केही मौखिक उजुरी आएको भएपनि अहिले सम्म त्यस्तो कुनै घटना नभएको बताउनुभयो ।

Share It

Post Comments
थप समाचार