समाचार ३२ जिल्लामा मतगन्तीको तयारी, भोलि बिहानै मुनाङ र मुस्ताङको परिणाम आउने
Ujyaalo

काठमाडौं, मंसिर २१ – तराई तथा मध्य पहाडका ४५ जिल्लामा मतदाता भोट दिने लाईनमा लागेका बेला पहिलो चरणमा चुनाव भएका ३२ जिल्लाका सदरमुकाममा मत गन्ती गर्ने सम्पूर्ण तयारी पूरा भएको छ ।
पहिलो चरणको सबैभन्दा चर्चित गोरखाको मत गन्तीका लागि बुधबार नै सर्वदलीय समितिको बैठक भएको छ । बिहीबार बेलुका ५ बज्ना साथ गोरखामा मत गन्ती सुरु हुनेछ । मत गन्तीका लागि त्यहाँ तारजाली लगाइएको छ । गोरखाको २ नंबर क्षेत्रमा डा. बाबुराम भट्टराई र नारायण काजी श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।
यसैगरि मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला लगायतका हिमाली जिल्लामा पनि बिहीबार बेलुका मतको गणना सुरु हुनेछ । अधिकांश हिमाली जिल्लाको मत परिणाम शुक्रबार बिहानैदेखि आउन थाल्नेछ ।
२०७० सालको चुनावमा सबैभन्दा पहिलमत परिणाम आएको जिल्ला मुस्ताङका राजनीतिक दलहरु यो पालि पनि सबैभन्दा पहिले मत परिणाम घोषणा गर्ने तयारीमा छन् । यो पालिको चुनावमा सबैभन्दा कम मतदाता मनांगमा भएकाले सबैभन्दा पहिले मनांगको मत गणना सबैभन्दा पहिले सकिने अनुमान छ ।
शुक्रबार बिहान उज्यालो हुनुअघि नै मनाङ र मुस्ताङबाट को को विजयी हुनेछन् भन्ने परिणाम आइसक्नेछ ।

Share It

Post Comments
थप समाचार