समाचार भोट दिएपछि प्रचण्डले भने - अब देश समृद्धिको बाटोमा अघि बढ्नेछ
Ujyaalo

चितवन, मंसिर २१ – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावसँगै देश समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ ।

चितवनको शिवनगरमा रहेको आधारभूत राष्ट्रिय प्रावि केन्द्रबाट मत खसाल्दै दाहालले सबै मिलेर देशको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिक दलले एक अर्काको आलोचना गर्ने भन्दा पनि सबैले देशको चिन्ता लिनुपर्ने बताउनुभयो । संविधान निर्माणदेखि कार्यान्वयनको चरण पूरा भएसँगै अब देशको उन्नतिमा लाग्न सबै एकजुट हुनुको विकल्प नरहेको उहाँको भनाइ छ ।

दाहाल चितवन क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको उम्मेदवार हुनुहुन्छ । लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष तथा वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे उम्मेदवार भएकाले चितवन क्षेत्र नम्बर ३ सबैभन्दा धेरै चर्चामा छ । चितवन क्षेत्र नम्बर ३ मा माडी नगरपालिका सहित भरतपुर महानगरपालिकाका १९ वडा पर्छन् ।

 

Share It

Post Comments
थप समाचार