समाचार तेह्रथुममा शान्तिपूर्ण रुपमा मतदान जारी, राज्यमन्त्री गुरुङले गर्नुभयो मतदान
Ujyaalo

प्रकाश धौलाकोटी/उज्यालो

तेह्रथुम, मंसिर २१– भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले पनि मतदान गर्नुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहनुभएकी राज्यमन्त्री गुरुङले तेह्रथुमको आठराई गाउँपालिका–४ स्थित इवा ‘ख’ मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

राज्यमन्त्री गुरुङ तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार हुनुहुन्छ ।

तेह्रथुमका सबै मतदान केन्द्रमा शान्तीपूर्ण रुपमा मतदान जारी छ । जिल्लामा ५७ स्थानमा ८९ वटा मतदान केन्द्र रहेका छन् ।

धेरैजसो मतदान केन्द्रमा विहान ७ बजेदेखि नै मतदान सुरु भएको र केही ठाउँमा दलका प्रतिनिधि ढिला पुगेकाले केही ढिलो गरि मतदान सुरु भएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिनुभयो । दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा ६६ हजार ६ सय ६७ मतदाता छन् ।

 

 

Share It

Post Comments
थप समाचार