समाचार धनुषामा उत्साहपूर्ण मतदान
Ujyaalo

धनुषा, मंसिर २१ – धनुषाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको छ । धनुषाका विभिन्न मतदान केन्द्रमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेकोछ ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ३ को मतदान केन्द्रबाट खानेपानी तथा ससफाई मन्त्री महेन्द्रराय यादवले मतदान गर्नुभएको छ । औरही गाउँपालिका ३ को कपटोल मतदान केन्द्रबाट कृषिमन्त्री रामकृष्ण यादवले मतदान गर्नुभएको छ ।

मिथीला नगरपालिका २ को राप्रवि केन्द्रबाट पूर्वमन्त्री शत्रुधन महतोले मतदान गर्नुभएको छ ।

Share It

Post Comments
थप समाचार