समाचार ९२ वर्षका बृद्धद्वारा मतदान
Ujyaalo

बैतडी, मंसिर २१ – अछामको कमलबजार नगरपालिकामा ९२ वर्षका बृद्धले मतदान गर्नुभएको छ । कमलबजार नगरपालिकाका भैरे साउदले बिहीबार बिहान ७ बजे बिन्देवासनी मावि मतदान केन्द्रबाट मतदना गर्नु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताउनुभएको छ ।

१२९ मतदान स्थल र १९७ मतदान केन्द्र रहेको अछाममा मतदान भइरहेको रहेको उहाँले बताउनुभयो । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म जारी रहने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ । मतदानकेन्द्रमा सरक्षा ब्यावस्था निकै कडा पारेको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताउनुभयो ।

अछाममा अछाममा ६४ हजार ७७६ पुरुष, ७२ हजार १२५ महिला र दुई तेस्रोलिंगी गरी एक लाख ३६ हजार ९०३ मतदाता रहेका छन् ।

 

 

 

Share It

Post Comments
थप समाचार