समाचार कम्युनिष्टको काम देखेर लोकतान्त्रिक गठबन्धन आत्तियो : ओली
Ujyaalo

कपिलवस्तु, मंसिर ६ – पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले कम्युनिष्टले गरेका काम देखेर लोकतान्त्रिक गठबन्धन आत्तिएको दाबी गर्नुभएको छ ।

आफू प्रधानमन्त्री भएकैपालामा नेपालले चीनसँग गरेको सम्बन्ध विस्तारलगायतका कामबाट कांग्रेसी अत्ताल्लिएको भन्दै अब गठबन्धनको दुई तिहाई बहुमतसहितको नेतृत्वमा देशलाई समृद्ध बनाउने बताउनुभयो ।


वाम गठबन्धन संयुक्त निर्वाचन परिचालन समिति क्षेत्र नम्बर १ ले कपिलवस्तुको वुङचीमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अब वाम गठबन्धनले देशको विकास गरिछाड्ने र कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता राम बहादुर थापा बादलले अहिलेको पुँजिवादी गणतन्त्र पुँजिपतिहरुको मात्रै भएको भन्दै साम्यवादको स्थापनाका लागि वाम गठबन्धनलाई नै भोट दिन मतदातालाई आह्वान गर्नुभयो ।


आसन्न चुनावका लागि कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनाल वलदेव र लोकतान्त्रिक गठबन्धनबाट भारतका लागि पूर्व राजदूत दिप कुमार उपाध्यायबीच प्रतिस्पर्धा हुँदैछ ।

 

 

 

 

Share It

Post Comments
थप समाचार