समाचार मत हालेपछि ९० वर्षिया मालीले भनिन् – ‘भोट धेरै हालें तर आज छुट्टै महसुस भइरहेको छ’
Ujyaalo

रौतहट, मंसिर २१ – रौतहटमा ९० वर्षकी बृद्धाले मतदान गर्नुभएको छ । दुर्गा भगवती गाउँपालिकाको मत्सरी टोलकी हजारी मगत मालीले मतदान गर्नुभएको हो ।

घरबाट ५ सय मिटरको दूरीमा मत्सरी संस्कृत माविमा नातीसँग हिँडेर गएकी मालीले आफूले अहिलेसम्म धेरै वटा चुनावमा मत हालेपनि प्रदेश र प्रतिनिधिसभाको चुनाव पहिलो पटक भएकाले मत हाल्न आफू पहिल्यैदेखि आतुर रहेको बताउनुभयो ।

यो चुनाव एतिहासिक भएकाले अब देशले विकासको बाटो समाउनेमा आफू आशावादी रहेको उहाँको भनाई छ । यो केन्द्रमा झण्डै २३ सय मतदाता छन् ।

Share It

Post Comments
थप समाचार