समाचार यसरी भइरहेको छ चितवनमा मतदान (तस्विर सहित)
Ujyaalo

राधेश्याम खतिवडा/उज्यालो ।

काठमाडौं, मंसिर २१ – चितवनमा उत्साहका साथ मतदाता मतदानमा सहभागी भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा बिहानैदेखि मतदानमा लाइनमा बसेका हुन् ।

जिल्लाका हरेक मतदान केन्द्रमा बिहान पाँचै बजेदेखि नै लाईन लागेको छ । निर्धारित समय ७ बजेदेखि मतदान सुरु भएको हो । चितवनको क्षेत्र नम्बर ३ बढि चर्चामा छ ।

बाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष तथा वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे उम्मेदवार भएकाले चितवन क्षेत्र नम्बर ३ सबैभन्दा धेरै चर्चामा छ ।

चितवन जिल्लामा कुल ३ लाख ५४ हजार ३६ मतदाता रहेका छन् । जिल्लामा कुल १ सय ६१ मतदानस्थलमा ४ सय ८ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर १ मा १ लाख १९ हजार ९ सय ९८ मतदाता छन् । १ मा ५६ वटा मतदान स्थल तोकिएको छ ।

क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २ सय १९ मतदाता छन् । २ मा ४३ वटा मतदान स्थल तोकिएको छ । यस्तै क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८ सय १८ मतदाता रहेका छन् । मतदान स्थल भने ६२ तोकिएको छ ।

 

Share It

Post Comments
थप समाचार