समाचार भोट दिनुअघि गगन थापाले छोरीहरुको शुभकामना लिए
Ujyaalo

मंसिर २१ – काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले भोट खसाल्नुअघि छोरीहरुको शुभकामना लिनुभएको छ ।

काठमाडौंको ज्ञानेश्वरमा घरबाट निस्कनुअघि उहाँले आफ्नो राजनीतिक संकल्प नै भावी पुस्ताका लागि भएको बताउनुभयो । थापाले मैतिदेवीस्थित मतदान केन्द्रबाट भोट खसाल्नुहुनेछ ।

भोट खसाल्न जानुअघि छोरीहरुको शुभकामना लिंदै उहाँले भन्नुभयो मेरो राजनीतिक संकल्प भनेको हाम्रा छोरीहरुको पुस्तालाई सुखी र सम्पन्न नेपाल हस्तान्तरण गर्नु हो । म मेरो भोट उनीहरू प्रति समर्पित गर्न चाहन्छु ।

Share It

Post Comments
थप समाचार