समाचार कर्मचारी मतदान केन्द्रमा जान नमान्दा समस्या
Ujyaalo

सुबास दर्नाल/उज्यालो ।


सोलुखुम्बु, मंसिर ६ – सोलुखुम्बुमा चुनावमा खटाइएका कर्मचारी स्वास्थ्य समस्या लगायतका व्यक्तिगत कारण देखाएर सम्बन्धित केन्द्रमा जान नमानेपछि समस्या भएको छ ।


सोलुखुम्बुको केही केन्द्रमा खटिइएका तालिम लिइसकेका कर्मचारीसमेत स्वास्थ्य समस्या देखाएर पन्छिएपछि निर्वाचन कार्यालयलाई सट्टाको कर्मचारी व्यवस्थापन गर्न समस्या भएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।


तालिम लिइसकेको र भत्तासमेत प्राप्त गरीसकेको अवस्थामा फेरि अर्को कर्मचारी पठाउनुपर्दा खर्च अभाव हुँदा अर्को शीर्षकको रकम प्रदान गर्नुपर्ने अवस्था आएको निर्वाचन कार्यालयका सूचना अधिकारी जगनाथ दाहालले जानकारी दिनुभयो ।

यस्तै कतिपय कर्मचारी सम्पर्कमासमेत नआएकोले गाह्रो भएको बताइएको छ । सोलुखुम्बुमा चुनाव सम्पन्न गराउन मतदाता संख्याको आधारमा एक मतदान केन्द्रमा ६ देखि ८ जना गरी ८ सय ५६ जना कर्मचारी खटिने भएका छन् ।

 

Share It

Post Comments
थप समाचार