समाचार नवलपरासीको दुई मतदान केन्द्र महिलाले सञ्चालन गर्दै
Ujyaalo

मंसिर २१ – नवलपरासीको नवलपुरमा रहेका १ सय १२ मतदानस्थलका २ सय ५८ मतदान केन्द्रमा उत्साहपूर्ण तरिकाले मतदान भइरहेको छ ।

२ सय ५८ मतदान केन्द्र मध्ये दुई वटा केन्द्र महिलाले सञ्चालन गरेका छन् । प्रतिनिधिसभा १ को कावासोती २ स्थित शिव माविको ‘ग’ केन्द्रमा मतदान अधिकृत लिला ढुंगानाको नेतृत्वमा ८ जना महिला कर्मचारी खटिएका छन् ।

यस्तै प्रतिनिधिसभा २ को बिनयी त्रिवेणी गाउँपालिका २ मा रहेको जनजागृति आधारभूत विद्यालय ‘क’ केन्द्र पनि महिलाले सञ्चालन गरेका छन् । अधिकृत होमकला चापागाईंको नेतृत्वमा ७ जना महिला कर्मचारी खटिएका हुन् । प्रदेश नम्बर ४ को नवलपरासी (बर्दघाट सुस्ता पूर्व) दुई लाख २१ हजार ७१४ मतदाता रहेका छन् ।

 

Share It

Post Comments
थप समाचार