समाचार आफैलाई भोट हाल्न नपाएका महरा हात हल्लाउँदै मतदान केन्द्रमा
Ujyaalo

दाङ, मंसिर २१ –माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङको क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार हुनुहुन्छ ।

तर उहाँ आफूले आफैलाई भोट हाल्न भने पाउनुहुन्न । उहाँले पहिलो चरणमा मंसिर १० गते नै रोल्पाको लिवाङ नगरपालिका–१, दामरुकको श्री तारा माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरिसक्नुभएको छ ।

आफू नै उम्मेदवार रहेको दाङको क्षेत्र नम्बर २ बाट आफूले भोट हाल्न नपाएपछि उहाँले बिहीबार दाङका मतदान केन्द्र चहार्दै हुनुहुन्छ । उहाँ बिहानै घोराइन नगरपालिकाको वडा नम्बर १४ र १५ का मतदान केन्द्रमा पुगेर मतदातासँग गफ गर्नुभएको छ ।

उहाँले दाङमा आफुले भोट हाल्न नपाए पनि रोल्पाबाट भोट हालिसकेको र दाङका मतदाताले पनि आफूलाइ नै भोट हालेकोमा ढुक्क रहेको बताउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार