समाचार मतदान केन्द्र अपाङगमैत्री नहुँदा आफ्नो भोट आफैले हाल्न पाएनन्
Ujyaalo

कञ्चनपुर, मंसिर २१ – कञ्चनपुरमा मतदान केन्द्र अपाङ्गमैत्री नहुँदा अरुलाई नै भोट हाल्न दिन बाध्य भएका छन् । मतदान केन्द्रमा ह्विल चेयरको व्यवस्था नभएपछि आफ्नो भोट पनि अरुलाई नै हाल्न दिन बाध्य भएको भिमदत्त नगरपालिका १५ गोब्रैयाका ७७ बर्षीय हिरा सिं भण्डारीले गुनासो गर्नुभयो ।

भिमदत्त नगरपालिका १५ को दशरथ मावि मतदान केन्द्रबाट उहाँको भोट नन्दराम भाटले हाल्नुभयो । अर्का एक जनालाई भने काखमा बोकेर केन्द्रसम्म लगिएको थियो ।

Share It

Post Comments
थप समाचार