समाचार झापाका उम्मेदवार ओली, सिटौला र कार्कीले आफूलाई भोट हाल्न पाएनन्
Ujyaalo

झापा, मंसिर २१ – झापाका तीनजना उम्मेदवारले आफैलाई मतदान गर्न नपाउने भएका छन् । एमाले अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओलीले भक्तपुर २ को बालकोटबाट मतदान गर्नुहुने उहाँको सचिवालयले जनाएको छ ।

हिजो झापाबाट फर्किएका ओली भोेली मात्र झापा जानुहुनेछ । यस्तै झापा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले झापा १ बाट मतदान गर्नुुभएको छ ।

त्यस्तै झापा क्षेत्र नम्बर १ का उम्मेदवार तथा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्र कार्कीको मतदाता नामावली काठमाडौ १ मा छ ।

 

Share It

Post Comments
थप समाचार