समाचार स्याङ्जा : हवाई फायरपछि स्ठगित मतदान सुरु
Ujyaalo

मंसिर २१ – (अपडेट) स्याङ्जाको गल्याङ नगरपालिका ११ को पुरानो गाविस भवन केन्द्रमा दलका एजेन्टबिच विवाद हुँदा हवाई फायरपछि स्ठगित भएकाे मतदान प्रक्रिया सुरु भएकाे छ । 

दलका एजेन्टबिच विवाद हुँदा प्रहरीले हवाई फायर गरेको थियाे । अर्काको नाममा भोट दिन गएको निहुँमा वाम गठबन्धन र कांग्रेसका कार्यकर्ताबिच विवाद भएको थियो । विवाद मिलाउने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । हवाई फायरपछि मतदान स्थगित भएको छ । मतदान सुचारु गर्ने प्रयास हुँदैछ ।

 

Share It

Post Comments
थप समाचार