समाचार प्रधानमन्त्रीले मतदान गर्दै भने ‘मेरो सपना पूरा भयो’
Ujyaalo

धनगढी मंसिर २१ — प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ असिग्राम उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

बिहान ९ बजे नै मतदान गर्ने कार्यक्रम भए पनि उहाँले १० बजेर २५ मिनेटमा मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सपना पूरा भएको बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयन गर्ने आफ्नो सपना रहेकाले यो चुनावले संविधान कार्यान्वयनको महत्वपुर्ण पाटो पुरा भएको बताउनुभयो । उहाँले अब देश विकास र समृद्धिको बाटोमा लम्किने बताउनुभयो ।

Share It

Post Comments
थप समाचार