समाचार बम आतंकले रोकेन चुनाव (भिडियो)
Ujyaalo

चुनावको प्रचार प्रसारमा जुटेका देशका प्रभावशाली, चर्चित र शीर्ष सबै नेताहरु यो पालि बमको निशानामा परे ।

बम बिस्फोटमा परि एक म्यादी प्रहरीको मृत्यू भयो । एकजना बालक गम्भीर घाईते अवस्थामा छन् । चुनावको अघिल्लो दिनसम्म पनि धेरै ठाउँमा बम पड्किए । मतदानका दिन पनि छिटफुट रुपमा बम पड्केका खबर आईरहेका छन् ।

बम बिस्फोटनका सिलसिला केलाउँदा एउटा कुरा भने प्रष्टै देखिन्छ यी बम र विस्फोट सबैभन्दा धेरै एमाले, नेपाली कांग्रेस र माओवादी पार्टीका शीर्ष, वरिष्ठ र चर्चित नेताहरुतिर लक्षित थिए ।

तर बम बिस्फोट कस्ले गरेको हो र किन भन्ने प्रश्नको उत्तर न सरकारले दिएको छ, न त यो बम बिस्फोटको कसैले जिम्मेवारी लिएका छन् ।

Share It

Post Comments
थप समाचार