समाचार विवादका कारण रोकिएको मतदान सुरु, मतपत्रमा हस्ताक्षर नगर्ने कर्मचारी निष्काशित
Ujyaalo

रमेश गिरी/उज्यालो ।

भक्तपुर, २१ मंसिर - भक्तपुर क्षेत्र नं. २ को प्रदेश नं. (क) सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार स्थित साविक सिरुटार मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मत पत्र वितरण गरेपछि भएको विवादका कारण रोकिएको मतदान सुरु भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानका क्रममा करिब ८ बजे साविक सिरुटार गाविस मतदान स्थलको (ख) मतदान केन्द्रमा प्रदेशसभा तर्फको मतपत्र वितरणको क्रममा मतदान अधिकृत डोलप्रसाद जैसी पराजुलीले हस्ताक्षर नगरी मतपत्र वितरण गरेको पाईएपछि विवाद भएको थियो ।

करिब ३० वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मत खसेको अनुमान गरिएको छ । हस्ताक्षर नभएको मतपत्र खसेको जानकारी पाएलगत्तै निर्वाचन अधिकृत पराजुलीलाई मतदान केन्द्रबाट निष्काशन गरिएको छ ।

एमालेका प्रतिनिधीले मतदान अधिकृतको हस्ताक्षर नभएको मतको पनि गणना गनेर्् सर्वदलीय सहमति हुनुपर्ने माग राखेको र नेपाली कांग्रेसका प्रतिनिधीले हस्ताक्षर नभएको मत रद्ध हुनुपर्ने अडान राखेपछि मतदान रोकिएको थियो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल सहितको सुरक्षाकर्मीको टोलीले मतदानस्थलको अनुगमन गर्दै हस्ताक्षर नभएको मत सदर गर्ने कि बदर गर्ने भन्नेबारेमा पछि छलफल गर्नेगरि मतदान सुरु गर्न आग्रह गरेपछि मतदान सुरु भएको छ ।

भक्तपुरको क्षेत्र नं. १ प्रदेश नं. (ख) भक्तपुर नगरपालिका स्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालय मतदान केन्द्रमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, चोछे मतदान केन्द्रबाट नेमकिपाका प्रतिनिधीसभाका उम्मेदवार प्रेम सुवालल र थिमि बोडे मतदान केन्द्रबाट क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्यको उम्मेदवार अनुराधा थापामगरले मतदान गर्नुभयो ।

नेपाली काँग्रेसका क्षेत्र नं. २ का उम्मेदवार बाबुराजा जोशीले भक्तपुर नगरपालिका स्थित गःपली मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

Share It

Post Comments
थप समाचार