समाचार कांग्रेस नेता निधिद्वारा मतदान
Ujyaalo

धनुषा, मंसिर २१ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मतदान गर्नुभएको छ । उहाँले जनकपुरको नगराईन नगरपालिका वडा नम्बर २ को राजेश्वर निधि उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदानपछि निधिले बदर नहुने गरी मतदान गर्न सबैलाई आग्रह गर्नुभयो । चुनाव प्रचारका क्रममा बिरामी भएर अस्पताल भर्ना भएका निधिले आफू घरदैलोमा पुग्न नसकेको भन्दै हिजो सबै मतदातालाई पत्र पठाउनुभएको थियो ।

धनुषा क्षेत्र ३ मा निधि र राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोबिच प्रतिस्पर्धा छ ।

Share It

Post Comments
थप समाचार