समाचार मकवानपुरका सबै ३ सय २४ मतदान केन्द्रमा मतदान चल्दै
Ujyaalo

मकवानपुर, मंसिर २१– मकवानपुरमा १ सय ६४ वटा मतदानस्थलमा ३ सय २४ वटा मतदान केन्द्रमा मतदान चलिरहेको छ ।

प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ क्षेत्र रहेको मकवानपुरमा मतदान सबैतिर शान्तिपूर्ण मतदान भैरहेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले बताउनुभयो । मकवानपुरमा २ लाख ५५ हजार ६ सय ४ मतदाता छन् ।

मतदातामध्ये १ लाख २९ हजार ६ सय २८ पुरुष, १ लाख २५ हजार ९ सय ७० महिला मतदाता छन् । मकवानपुरमा ६ जना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । प्रतिनिधिसभा १ मा १ लाख २४ हजार ७ सय ९९ मतदाता रहेका छन् भने प्रतिनिधिसभा २ मा १ लाख ३० हजार ८ सय ५ मतदाता छन् ।

प्रतिनिधिसभा १ को प्रदेश १ मा ६२ हजार ८ सय ४३ मतदाता छन् । १ को २ मा ६१ हजार ९ सय ५६ मतदाता छन् । त्यस्तै, प्रतिनिधिसभा २ को प्रदेश १ मा ७४ हजार १ सय ५२ र २ को २ मा ५६ हजार ६ सय ५३ मतदाता रहेका छन् ।

राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले बिहान हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको बंशगोपाल उच्च माविको मतदान स्थलबाट मतदान गर्नुभएको छ ।

Share It

Post Comments
थप समाचार